Mon. Jul 22nd, 2024

काठमाडाैं । 
आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ले अस्ट्रेलियामा प्रिमियर सो सम्पन्न गरेको छ । यही अगस्ट १८ तारिखमा अस्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर सोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए ।
अस्ट्रेलियाको प्रिमियर सोको व्यवस्था  चलचित्रका सह निर्माता महेन्द्र अधिकारीले मिलाएका थिए । आइतबार पनि अस्ट्रेलियाको हर्टसभिलमा बाँध मायाले को सो राखिएको छ । त्यहाँ पनि नायक अधिकारीले सहभागी हुँदै छन् ।
पहिलो प्रिमियरमा सहभागीले चलचित्रको प्रशंसा गरेको थियो । अस्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा बाँध मायालेको सो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । त्यहाँ पनि आर्यन सहभागी हुनेछन् ।
प्रिमियरमा सहभागी भएर दर्शकको प्रतिक्रिया बुझेका नायक आर्यन भन्छन् ‘ चलचित्र हेर्नु भएकोले सकारात्मक प्रतिक्रिया दिएको छ । जसले हामीलाई हौसला मिलेको छ ।’ चलचित्र बाँध मायालेलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा आर्यनको साथमा श्रृष्टि श्रेष्ठ, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्का लगायतका कलाकारको अभिनय रहेको छ । रामहरि धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचिमा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रूपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: