काठमाडाैं ।
आज शुक्रवार सिनेमा घरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा ‘कहीँ कतै’, टिनएज र प्रिरिम पर्या छन् रहेको छ ।
चलचित्र कहीँ कतैलाई उमा बेबीले निर्माण गरेकी हुन् । यो चलचित्रबाट उमा बेबीकी छोरी शिवानी गिरी सिने नगरीमा डेव्यु गर्दै छिन् । शिवानीसँगै चलचित्रबाट नव–नायक सोनम बरुफुङ्पाले पनि डेव्यु गर्दै छन् । चलचित्रलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिवानी र सोनमको अलावा दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन रहेको छ भने अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको सङ्गीत रहेको छ ।
त्यस्तै आजबाट नयाँ चलचित्र ‘टिनएज’ पनि प्रदर्शनमा आएको छ । चलचित्रलाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज शाह, एन्जिला खड्गी, कृष्ण सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।
आजबाट नै अर्को चलचित्र ‘प्रिरिम पर्या छन्’ रिलिज भएको छ । चलचित्रलाई कलाकार पुरन थापाले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा पुरनको लेखन रहेको छ । यो चलचित्रमा दिलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ