Sun. Jul 21st, 2024

काठमाडाैं ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् ।
पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’ का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए ।
प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण ‘बाजीराव मस्तानी’ फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।
हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ मा प्रियंका ‘जुरासिक वर्ड’ र ‘गार्डियन्स अफ द ग्यालेक्सी’ फेम क्रिस प्रेटको अपोजिटमा देखिँदैछिन् ।

Leave a Reply

%d bloggers like this: