Mon. Oct 2nd, 2023

एजेन्सी ।
पाकिस्तानी पूर्व क्रिकेटर तथा ‘तहरिक ए इन्साफ पार्टी’को चेयरम्यान इमरान खानले चाँडैनै पाकिस्तानको प्रधानमन्त्रीको पद सम्हाल्दै छन् । उनले अही अगष्ट ११ तारिखका दिन पाकिस्तानको प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
समाचारमा आए अनुसार बलिउडमा सुपरस्टार आमिर खान पनि पाकिस्तान जाँदैछन् । तर ताजा सुत्रका अनुसार सो समारोहमा आमिर भने शरीक हुनेछैनन् ।
भर्खरै दिएको इक अन्तर्वार्तामा आमिरले भनेका छन्, ‘मलाई इमरान खानको शपथ ग्रहन समारोहमा कुनै निमन्त्रणा गरिएको छैन ।’ तपाईलाई यो पनि जानकारी दिउँ, आमिर खान २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा पनि उपस्थित भएका थिएनन् ।
इमरानको शपथ ग्रहण समारोहमा पूर्व भारतीय क्रिकेटर ावजोत सिंह उपस्थित हुनेछन् । उनले सो समारोहमा उपस्थित हुने वाचा गरेका छन्, त्यसैले उनी पाकिस्तान जाँदैछन् । त्यस्तै भारतीय टिमका अर्का पूर्व कप्तान कपिल देवलाई निम्ता पठाइएको छ, तर उनी उपस्थित हुनेछैनन् ।
फिल्मको कुरा गर्नुपर्दा अभिनेता आमिरको आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ हो । यो फिल्ममा आमिरका अलवा अमिताभ बच्चन, कट्रिना कैफ र फातिमा सना शैख मुख्य भुमिकामा देखिनेछन् । यो फिल्म आगामी नोभेम्वरको ७ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: