काठमाडाैं ।
चलचित्र ‘चङ्गा चेट’मा प्रयोग गरिएको जाली नोट छापेको प्रकरणमा जेल परेका चलचित्र निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् ।
चलचित्रको लागी छापिएको नोट चलचित्रका प्राविधिकले विभिन्न प्रयोजनका लागी प्रयोग गरेको कारण वाग्ले पक्राउमा परेका थिए । पक्राउ परेको करिब २ महिना पछि उनी शुक्रवार २५ लाख धरौटीमा छुटेका हुन् ।
