Sat. May 4th, 2024

नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।
जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।
नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली छन् ।
निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । बोर्ड अध्यक्षमा उनी गएको वर्षको मंसिर २५ गते नियुक्त भएकी थिइन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।
अब के हुन्छ बक्स अफिस ?
वर्षौदेखि बहसमा मात्र सिमित रहेको बक्स अफिस प्रणाली चलचित्र विकास बोर्डको अध्यक्षको नियुक्ति बदरसँगै फेरि अन्यौलमा परेको छ । निर्वतमान बोर्ड अध्यक्ष निकिता पौडेलको सक्रियतामा बक्स अफिस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
हुनत, वर्तमान सरकारद्वारा जारी ०७५/०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने बुँदा उल्लेख छ ।

फिल्मीखबरबाट

Leave a Reply

%d bloggers like this: