Wed. Jan 22nd, 2025

काठमाडाैं ।
ईदलाई लक्षित गरेर शुक्रवारबाट देशभरका करीब १२० बढी हलमा प्रदर्शन आरम्भ गरेको रेस ३ले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । यसलाई नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले ३० शोज उपलब्ध गराएको छ ।
‘रेस ३’ ले क्यूएफएक्स अन्तगर्तको सिभिल मलमा ८ शोज, लाबिङ मलमा ७ शोज, छायाँमा ८ शोज, कुमारीमा ४ शोज र जय नेपालमा ३ शोज पाएको छ । यो फिल्म ‘३डी’ मा बनेका कारण क्यूएफएक्सले आफ्नो ‘३डी’ हल सिभिल मलमा १, लाबिङ मलमा २ र कुमारीमा १ शोज गरि कूल चार शोज दिएको छ ।
यस्तै, यो फिल्मलाई राजधानीका अन्य मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् । बिग मुभिजले १० शोज, क्यूज सिनेमाजले ‘२डी’ र ‘३डी’ गरि कूल १० शोज, विएसआर मुभिजले ‘२डी’ र ‘३डी’ गरि कूल १० शोज र एफक्यूबले ‘२ डी’ र ‘३ डी’ गरि कूल १५ शोज उपलब्ध गराएको छ । मल्टिप्लेक्समा फिल्मको एडभान्स बुकिङ आक्रामक छ ।
गोपीकृष्ण मुभिजले यो फिल्मको नेपाल प्रदर्शन अधिकार किनेको हो । वर्षौदेखि नेपाली बजारमा समेत राज गरिरहेका अभिनेता सलमान खानका नेपालमा पनि असंख्य डाइहार्ट फ्यान छन् ।
उनका हरेक फिल्मले नेपाली बजारबाट बोराका बोरा पैसा बटुल्ने गर्दछन् । एक्सन फिल्ममा सर्वाधिक रुचाइने सलमानको ‘रेस ३’ ले पनि नेपाली बजारबाट कराडौं पैसा छाप्ने आँकलन गरिएको छ ।
रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

Leave a Reply