काठमाडाैं ।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रम माझ औपचारिक निर्माण घोषणा गरिएको चलचित्र प्रसादमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत अनुबन्धित भएका छन् । यसअघि अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ फाइनल भइसकेको चलचित्रमा निश्चलको प्रवेश भएको हो । चलचित्रमा निश्चलको भूमिका चुनौतीपूर्ण र पृथक् रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा अनुसार उक्त चरित्र निश्चललाई फिट हुने भएको कारण उनी अनुबन्धित भएका चलचित्रका निर्देशक दिनेश राउतले बताएका छन् । चलचित्रको कथा मन परेको कारण आफूले प्रसाद खेल्न राजी भएको निश्चल बताउँछन् । निश्चललाई यसअघि धेरै चलचित्रको अफर आएता पनि आफूलाई चित्त नबुझि नखेलेको र प्रसादमा आफ्नो भूमिका दमदार रहेकोले खेलेको बताउन्छन् ।
चलचित्रमा विपिन र नम्रता निःसन्तान दम्पत्तिको भूमिकामा देखिँदैछन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको प्रसादलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सङ्गीत सुवास भुसाल र कोसिस क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।