Thu. May 2nd, 2024

काठमाडाैं । 
च्याम्पियनसिप प्ले-अफमा एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा उक्लिन सफल भएको छ ।
पहिलो हाफको २३ औं मिनेटमा रायन सेसेन्योनको पास सदुपयोग गर्दै कप्तान टम कायर्नीले फुलह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलह्यामका डेनिस ओडोइले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए पनि फुलह्यामले आफ्नो अग्रता बचाउन सफल भयाे ।
सिजनमा तेस्रो स्थानमा अन्त्य गरेको फुलह्यामले डर्बी काउन्टीलाई समग्रमा २-१ ले हराउंदै फाइनल प्रवेश गरेको थियो भने अर्को तर्फ एस्टन भिल्लाले मिडल्सब्रोलाई २-१ ले पराजित गरेको थियो ।
२०१८/१९ सिजनका लागि फुलह्यामसहित वुल्भरह्याम्पटन वान्डरर्स र कार्डिफ सिटी बढुवा भएका छन् । अर्को तर्फ वेस्ट ब्रोम, स्टोक सिटी र स्वान्सी सिटी दाेस्राे डिभिजनमा घटुवा भएका छन् ।

Leave a Reply

%d bloggers like this: