Wed. May 15th, 2024

काठमाडाैं ।
अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा सम्पन्न ‘दशौं डी सिने अवार्ड’ मा फिल्ममा समावेश ‘तिमी पुलिस म नी पुलिस’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा अनुप र शिल्पा पुलिसको ड्रेसमा रोमान्टिक मूडमा देखिएका छन् । गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
एक्सन जनराको नारी प्रधान भनिएको यस फिल्ममा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।
र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ । असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।

Leave a Reply

%d bloggers like this: