Fri. May 17th, 2024

काठमाडाैं । 
टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रद्धि ट्रेडिङले चर्चित नेपाली क्रिकेट खेलाडी संदीप लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्ने भएको छ ।
कम्पनीले लामिछानेलाई नेपालमा टाटाको पेसेन्जर सेग्मेन्टको ब्रान्ड एम्बेस्डर नियुक्त गर्न लागेको हो । आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर उक्त निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
पछिल्ला दिनमा आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएका लामिछानेलाई टाटाले ब्रान्ड एम्बेस्डर नियुक्त गर्न लागेको हो ।
टाटा मोटर्सको पछिल्लो उत्पादन कम्प्याक्ट एसयुभी नेक्सन नेपाली बजारमा समेत निकै चर्चित बन्दै गएको छ । यस्तोमा कम्पनीले युवा खेलाडी लामिछानेलाई ब्राण्ड एम्बेस्डरमा नियूक्त गर्नुले टाटा कारको पपुलारिटि बढ्ने आकंलन गर्न सकिन्छ ।

Leave a Reply

%d bloggers like this: