Sun. May 19th, 2024

काठमाडाैं । 
बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्दै उनी  विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् ।
एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब बार्सिलोना जाने चर्चाका दौरान मेस्सीको यो भनाईले सरुवामा थप बल मिलेको छ । ‘उनी विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । मलाई थाहा छैन उनी प्रति कति चासो राखिएको छ,’ मेस्सीले भने,‘ तर जे होस् विश्वका उत्कृष्ट खेलाडीहरु मध्ये उनी पनि एक हुन् ।’
मेस्सीसँगै ओसमाने डेम्बेले, फिलिप्पे काउटिन्हो, लुइस स्वारेजजस्ता खेलाडी बार्सिलोनामा छन् । त्यसमा ग्रिजमान थपिदा टोली झनै बलियो हुनेछ । तर, उनी बार्सिलोना पुगे भने युवा खेलाडी डेम्बेलेहरुले आफ्नो स्थानका लागि संघर्ष गर्नुपर्नेछ । यो सिजन स्वारेजको प्रदर्शन उत्कृष्ट रहन सकेन । ग्रिजमान बार्सिलोना पुगे भने उनका लागि पनि आफ्नो स्थान सुरक्षित गर्न मुस्किल हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

%d bloggers like this: