Sun. Jul 21st, 2024

काठमाडाैं । 
भनिन्छ  धर्ममा विश्वास छ भने धर्मका लागी जे गर्न पनि अात्मबल जागेर अाउँछ । डर , भय र त्रास सबैलार्इ धर्मप्रतिकाे विश्वासले नष्ट पार्दछ। सबैले सुनेकाे तर कसैले पनि  सिद्ध गर्न नसकेकाे  याे भनार्इलार्इ सिद्ध गर्ने प्रयास एक भारतीय हिन्दु महिलाले गरेकी छन् ।
हिन्दु धर्मग्रन्धमा एकलब्यले गुरु द्रोणाचार्यलाई आफ्नो औँला काटेर गुरु दक्षिणा दिएको त सुनिएको थियो । तर एकलब्यलाई पछि पार्दै भारतकी एक महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाएकी छिन् ।
भारतको मध्यप्रदेशमा यो घटना भएको हो । आफुलाई दुर्गा देवीकी भक्त दाबी गर्ने गुड्डी तोमार नामकी महिलाले गत बुधबार आफ्नो जिब्रो काटेर दुर्गा मन्दिरमा चढाएको प्रहरीले जनाएको छ ।
मध्यप्रदेशको तार्सामा गाउँमा रहेको बिजासेन माताको मन्दिरमा उनले आफ्नो जिब्रो काटेर चढाएकी हुन् । जिब्रो काटेर मन्दिरमा चढाएसँगै ती महिला बेहोस भएर लडेको बताइएको छ ।
त्यसपछि मन्दिरमा रहेका भक्तजनहरुले उनलाई त्यहाँबाट उठाएर स्थानीय अस्पतालमा पूराएका थिए । अस्पतालमा उनको उपचार भैरहेको छ ।
ती महिलाले भगवानप्रतिको विश्वास तथा आस्थाकै कारण स्वेच्छाले जिब्रो काटेको पुलिसले जनाएको छ ।
महिलाका पति रवी तोमारका अनुसार उनकी पत्नीले बिहे भएदेखि नै हरेक दिन बिहान र बेलुकी दुर्गा मन्दिरको दर्शन गर्ने गर्थिन् ।
श्रीमती दुर्गादेवीको भक्त रहेको र दिउसो मन्दिरमा पुजा गरिरहेको अवस्थामा अकस्मात् आफ्नो जिब्रो काटेर देवीलाई चढाएको उनले बताए ।

Leave a Reply

%d bloggers like this: