Sun. May 19th, 2024

काठमाडाैं । 
विश्वकपकाे हरेक संस्करणका बेलामा सारा विश्व नै फुटबलका बारेमा विभिन्न चर्चा तथा विश्लेषण गर्न तल्लिन हुन्छ ।  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले पनि संसार नै ततार्इरहेकाे  छ ।
प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित  छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्नु स्वाभाविक नै हाे । जसमध्ये एउटा हाे, विश्वकपका सर्वाधिक गाेलकर्ता ।
सन् १९३० देखि प्रत्येक ४ बर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ ।
विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर
१६ गोलः मिरोस्लाभ क्लोज (जर्मनी)
१५ गोलः रोनाल्डो (ब्राजिल)
१४ गोलः गर्ड मुलर (जर्मनी)
१३ गोलः जस्ट फोन्टेन (फ्रान्स)
१२ गोलः पेले (ब्राजिल)
११ गोलः सान्डोर कोक्सिस (हंगेरी)
११ गोलः जर्गेन क्लिन्सम्यान (जर्मनी)

Leave a Reply

%d bloggers like this: