Wed. Jan 22nd, 2025

काठमाडाैं । 
अहिले अष्ट्रेलियामा नेपाली फिल्मको बजार बढ्दो छ । केही दिन अघि मात्र नर्वेमा पनि फिल्म बबिको प्रिमियर सम्पन्न भएको थियो । नेपाली फिल्मलाई मन पराउने र यसको बजार बिस्तार गर्न अष्ट्रेलियाबासी प्रबासी नेपालीहरूको जोश, जांगर र सोचको तारिफ गर्नै पर्छ । व्यक्तिगत पहलमा राम्रै जोखिम उठाएर भएपनि अष्ट्रेलियामा नेपाली फिल्मको बजार बिस्तार गर्न लागेका उत्साही यूबाहरूको खुलेर प्रशंसा गर्नेहरूको संख्या पनि ठूलै छ ।
लामो समयदेखी शिक्षा एबं स्वास्थ्य क्षेत्रमा सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरका सन्चालक उप्रेतीको पहलमा अबदेखी अंग्रेजी महिनाको हरेक पहिलो शनिबार सिड्नीमा नेपाली फिल्मको प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनको लागि उनले सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरसंग सम्झौता पनि गरिसकेका छन् ।
नेपालीहरूको बसोबास बांक्लिंदै जाँदा र प्रबासमा नया पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतीको बारेमा जानकारी दिन फिल्म सशक्त माध्यम बन्न सक्ने सोचेर पनि आफूले यो नयां कार्य गर्न लागेको कुरा सुनिलले बताए – हाम्रो यो कार्यलाई सहयोग गर्न वा साथ दिन सिड्नीमा रहनु भएका सबै नेपालीहरूलाई आग्रह गर्दछु – सुनिलले भने ।

Leave a Reply