Sun. May 19th, 2024

काठमाडाैं । 
नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सोमबार नयाँ सम्झौताहरू भएका छन् । २०६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शनबिच नयाँ सम्झौताहरू भएका हुन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले १८ बुँदे सम्झौता पत्र आदानप्रदान गरी पछिल्लो समय निर्माता र प्रदर्शकबिच भइरहेको समस्या सुल्झिएको जानकारी गराए । यसअघि निर्मातासंघले प्रदर्शकहरुले मनोमानी गरेको भन्दै २०६० सालको सम्झौता लागु गर्न दबाब दिइरहेका थिए । यसै विषयमा भएको वार्ता सफल नभएपछि निर्माता सङ्घले जेठ ४ गतेबाट चलचित्र प्रदर्शनमा रोक लगाउने भन्दै आन्दोलन गरेका थिए। अब नयाँ सम्झौताहरू जेठ ४ गतेबाट लागु हुने पत्रमा उल्लेख गरिएको छ ।
निर्माता सङ्घ र चलचित्र सङ्घबिचको यस्तो छ सम्झौता पत्र :–
१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्टाण्डीसमेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।
२. मल्टीप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।
३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाबसमेत उपलब्ध गराउनु पर्नेछ ।
५. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।
६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकट दर रु. २०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।
क. मल्टीप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।
ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।
ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टीप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।
घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टीप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।
ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूवाधार पूरा गरेमा मल्टीप्लेक्सको मान्यता हुनेछ ।
७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।
८. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।
९. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।
१० यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।
११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।
१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।
१३. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।
१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।
१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।
१६. डि. सि. पी. फाइल तथा भि. पी. सी. र के डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।
१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।
१८.निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।
“निर्माता र प्रदर्शकबिचको यस्तो छ नयाँ सम्झौता पत्र ” “नेपाल चलचित्र सङ्घ र नेपाल निर्माता सङ्घबिच सोमबार नयाँ सम्झौताहरू भएका छन् । २०६० सालको सम्झौता खारेज गर्दै निर्माता र प्रदर्शनबिच नयाँ सम्झौताहरू भएका हुन् । “

Leave a Reply

%d bloggers like this: