Mon. May 6th, 2024

काठमाडाैं ।
बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले  यस सिजन दुर्इवटै हातमा दड्डु थाप्ने भएका छन् । उनले यस सिजन  युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित भएपछि मेसीलार्इ  यस्ताे अवसर  प्राप्त भएकाे हाे  ।  स्पेनिस लिगमा १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ।
यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका ह्यारी केन (३० गोल) र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की (२९ गोल) को पनि आ-आफ्नो सिजन अन्त्य भएको छ।
२९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाकीं रहे पनि उनी अन्तिम खेलमा घाइते रहेका छन्। अब २८ गोलमा रहेका मौरो इकार्डीले इन्टर मिलानको अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे र मेसीले गोल गर्न नसके मात्र मेस्सी यस सिजन गोल्डेन बुटबाट वञ्चित हुने छन्।
ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि मेसीले नै जित्ने पक्का रहेको छ। मेस्सीको प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेकाले मेसीले आउने साता दुई व्यक्तिगत उपाधि सुनिश्चित गर्ने छन्।
यस सिजन मेसीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन्। बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ।

Leave a Reply

%d bloggers like this: