Sun. Dec 22nd, 2024

काठमाडाैं । 
भारतमा एकजना व्यक्तिले बिरामी जुत्ताको उपचार गर्ने  अस्ताल खाेलेका छन् । जुत्ताकाे विशेषज्ञ डा. नरसीराम  हुन् ।  समय तालिका सहित भित्तामा टासिएकाे उक्त अस्पतालकाे पाेस्टरमा जर्मन प्रविधिबाट जुत्ताकाे उपचार गरिन्छ भन्ने खुलार्इएकाे छ ।
आनन्द महिन्द्राले शेयर गरेको तस्वीरमा एकजना जुत्ता मर्मत गर्ने व्यक्तिको तस्वीर थियो । ती जुत्ता टाल्ने, सिलाउने तथा टल्काउने काम गर्ने व्यक्तिको पछाडि एउटा पोष्टर राखिएको छ । उक्त पोष्टमा विरामी जुत्ताको अस्पताल लेखिएको छ र त्यो सँगै ती व्यक्तिको नाम लेखिएको छ– डाक्टर नरसीराम ।
 
अानन्द महिन्द्राले शेयर गरेकाे तस्बीरमा विभिन्न प्रकारका टिका टिप्पणीहरू अार्इरहेका छन् । ती मध्ये कुनै टिप्पणीमा उनलार्इ व्यवस्थापन अन्तर्गत मार्केटिङ विषय पढाउन सक्ने खुवी भएकाे व्यक्तिकाे रूपमा समेत भनिएकाे छ ।

Leave a Reply