Sat. May 4th, 2024
काठमाडाैं । 
हरेक वर्ष देशका विभिन्न शहरहरुमा  आयोजना हुँदै आएको ‘डि-सिने’ अवार्डको दशौंं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । बक्स अफिसमा औसत व्यापार गरेको फिल्म ‘कृ’ र ‘मंगलम’ सर्वाधिक १३ विधामा मनोनयनमा परेका छन् ।
सार्वजनिक मनोनयनमा उत्कृष्ट नायकका लागि ‘कृ’ बाट अनमोल केसी, ‘लिलिबिली’ बाट प्रदीप खड्का, ‘मंगलम’ बाट पुष्प खड्का, ‘रातोघर’ बाट विल्सन विक्रम राई र ‘संरक्षण’ बाट सौगात मल्ल मनोनयनमा परेका छन् भने ‘पंचायत’ बाट नीता ढुंगाना ढुङ्गाना, ‘ब्लाइन्ड रक्स’ बाट वेनिशा हमाल, ‘ए मेरो हजुर २’ बाट साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘मंगलम’ बाट शिल्पा पोखरेल र ‘कान्छी’ बाट श्वेता खड्का उत्कृष्ट नायिकाको ५ भित्र अटाएका छन् ।
लेखक/निर्देशक मोहन निरौला, पत्रकार/निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक/सिनेमाटोग्राफर सवनम मुखीया सम्मिलित टोलीले उत्कृष्ट ५ को नाम टुंगो लगाएको हो ।
अवार्डमा २९ विधा रहेका छन् । २९ विधाको अलावा जुरी अवार्ड, क्रिटीक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड सहित छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान पनि कार्यक्रममा प्रदान गरिने  आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रिय जानकारी दिए ।
उनले डिजीटलका माध्यमबाट राम्रो भन्दा राम्रो फिल्म बनुन्, लगानीका माध्यमले नसकिए पनि प्रविधिका माध्यमले राम्रा भन्दा राम्रा फिल्म बनाउन त्यस किसिमका चलचित्रकर्मीलाई प्रोत्साहित गर्न सकियोस् भन्ने मुल हेतुका साथ ‘डि-सिने’ अवार्डको आयोजना गरिएको बताए ।
दशौं इएनआई ‘डि-सिने’ अवार्ड आगामी जेठ १० गते राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना गरिने अवार्ड संयोजक मणीराज गौतमले बताएका छन् ।

 
‘डि-सिने’ अवार्डको दशौंं संस्करणको उत्कृष्ट ५ मनोनयनहरूः

उत्कृष्ट ५ मनोनयन यस प्रकार छन् :-
१. उत्कृष्ट एनिमेशन
अक्की शर्मा – पिजडा व्याक अगेन
अच्यूत लामिछाने – राधे
अनुपम शाह – कान्छी
ग्लेज इन्टरटेन्टमेन्ट – कृ
सत्यम राना/अक्की शर्मा – बटरफ्लाई
२. उत्कृष्ट पाश्र्वसंगीत
एलिश कार्की – मंगलम्
एलिश कार्की – लिलीबिली
रोहित शाक्य – घामपानी
शैलेश श्रेष्ठ÷रोहित शाक्य – कृ
शैलेश श्रेष्ठ – दुई रुपैया
३. उत्कृष्ट ध्वनिमिश्रण
उत्तम न्यौपाने – ऐश्वर्य
उत्तम न्यौपाने – कृ
मुकेश शाह – मंगलम
मुकेश शाह – लिलीबिली
सुनयमान श्रेष्ठ – संरक्षण
४. उत्कृष्ट गीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
डा.कृष्णहरी बराल – ए मेरो हजुर २– कसम हो कसम
धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी
महेश पौड्याल – भुर्इँमान्छे– आफ्नै परेली पर्दा भो
सुदर्शन थापा – म यस्तो गीत गाउँछु– भन्छु आज
५. उत्कृष्ट गायिका
अञ्जु पन्त – ऐश्वर्य – तिमी रोएको पल
अञ्जु पन्त – म यस्तो गीत गाउँछु – भन्छु आज
मिना निरौला – शत्रुगते – रुपै मोहनी
मेलीना राई – दुई रुपैया – कुटुमा कुटु
विन्दु परियार – मंगलम – पर्ख पर्ख
६. उत्कृष्ट गायक
कृष्ण काफ्ले – मंगलम – पर्ख पर्ख
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
सुगम पोखरेल – म यस्तो गीत गाउँछु– भन्छु आज
सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
शिव परियार – भुइमान्छे – आफ्नै परेली पर्दा भो
७. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमी सँग
अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज
दिपक शर्मा – मंगलम – पर्ख पर्ख मायालु
राजनराज सिवाकोटी – दुई रुपैयाँ – कुटुमा कुटु
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
८. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – दुई रुपैयाँ – कुटुमा कुटु
कविराज गहतराज – छक्का पञ्जा २ – झ्याम्म झ्याम्म
कविराज गहतराज – म यस्तो गीत गाउँछु– भन्छु आज
बसन्त श्रेष्ठ – कान्छी – चरी चट्ट परी
रेनेशा राई – कृ – यति यति पानी
९. उत्कृष्ट द्वन्द्व निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – पिजडा ब्याक अगेन
हिमाल केसी – रुद्र
हिमाल केसी – संरक्षण
रोशन श्रेष्ठ – रातो घर
१०. उत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर – २
कुशाग्र भट्टराई – पिजडा ब्याक अगेन
प्रनिशा खड्का – तान्द्रो
प्रिन्स रिजाल – डा.खाते
विनोद मगराती – आधा लभ
११. उत्कृष्ट हास्यकलाकार
केदार घिमिरे – छक्कापञ्जा २
रविन्द्र झा – दुई रुपैयाँ
राजाराम पौडेल – हुर्रे
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
विजय बराल – हुर्रे
१२. उत्कृष्ट खलपात्र
अनुपविक्रम शाही – कृ
प्रशान्त ताम्राकार – ऐश्वर्य
रमेश रञ्जन झा – संरक्षण
राजन इशान – दुइ रुपैया
सरोज खनाल – पंचायत
१३. उत्कृष्ट कथा
अर्पण थापा – आधा लभ
गोविन्द फुयाँल – मंगलम
नवराज बुढाथोकी – भूर्इँमान्छे
प्रकाश आङ्देङवे – देश खोज्दै जाँदा
शिवम् अधिकारी – पंचायत
१४. उत्कृष्ट पटकथा
आशिष रेग्मी – कृ
गोविन्द फूयाल÷नवल नेपाल – मंगलम्
प्रदिप भारद्धाज – लिलिबिली
दिपकराज गिरी – छक्का पञ्जा २
रमेश रञ्जन÷पुर्णेन्द्र झा – संरक्षण
१५. उत्कृष्ट संवाद
प्रदिप भारद्धाज – लिलिबिली
दिपक/केदार/जीतु/अभिमन्यू – छक्का पञ्जा २
दिपेन्द्र लामा – घामपानी
दिवाकर भट्टराई – ऐश्वर्य
रमेश रञ्जन झा/पुर्णेन्दु झा – संरक्षण
१६. उत्कृष्ट नव–नायिका
अदिती बुढाथोकी – कृ
जसिता गुरुङ – लिलीबिली
दिपीका प्रसाई – ऐश्वर्य
रोजीशा शाही ठकुरी – आधा लभ
सारा सेर्पाइली – रुद्र
१७. उत्कृष्ट नव–नायक
विश्व शर्मा – रुद्र
सन्नी सिहं – डायरी
सलिनमान बनिया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्का पञ्जा २
सुरज पाण्डे – लभ लभ लभ
१८. उत्कृष्ट नव-निर्देशक
असीम शाह – दुई रुपैया
झरना थापा – ए मेरो हजुर २
दिपेन्द्र लामा – घामपानी
पुर्णेन्दु झा – संरक्षण
शिशिर राणा – तिमीसँग
१९. उत्कृष्ट चरित्र-अभिनेत्री
मिथीला शर्मा – आधा लभ
गौरी मल्ल – ब्लाइन्ड रक्स
मिथीला शर्मा – मंगलम
रुपा राना – पंचायत
हिउँवाला गौतम – राधे
२०. उत्कृष्ट चलचित्र अभिनेता
जयनन्द लामा – कान्छी
प्रकाश घिमिरे – घामपानी
पुस्कर गुरुङ – घामपानी
हरिवंश आचार्य – शत्रु गते
शिशिर राणा – तिमीसँग
२१. उत्कृष्ट सह-अभिनेत्री
अनु शाह – कान्छी
अशिश्मा नकर्मी – संरक्षण
बर्षा राउत – छक्का पञ्जा २
माला लिम्बु – पर्व
मेनुका प्रधान – हिटलर
२२. उत्कृष्ट सह-अभिनेता
जितु नेपाल – छक्का पञ्जा २
बुद्धी तामाङ – दुइ रुपैयाँ
सलोन बस्नेत – ए मेरो हजुर २
संयम पुरी – रातो घर
रेमनदाश श्रेष्ठ – आधा लभ
२३. उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – कृ
पुरुषोत्तम प्रधान – संरक्षण
राजेश श्रेष्ठ/सुदिप बराल – ऐश्वर्य
संजय लामा – ए मेरो हजुर – २
सुदिप बराल – लिलिबिली
२४. उत्कृष्ट सम्पादक
अर्जुन जिसी – लिलीबिली
विपीन मल्ल – छक्का पञ्जा –२
मित्रदेव गुरुङ – मंगलम
सुरेन्द्र पौडेल – कृ
सुरेन्द्र पौडेल – संरक्षण
२५. उत्कृष्ट अभिनेत्री
नीता ढुङ्गाना – पंचायत
बेनिषा हमाल – ब्लाइन्ड रक्स
साम्राज्ञी राज्यलक्ष्मी शाह – ए मेरो हजुर २
शिल्पा पोखरेल – मंगलम
स्वेता खड्का – कान्छी
२६. उत्कृष्ट अभिनेता
अनमोल केसी – कृ
पुष्पल खड्का – मंगलम्
प्रदिप खड्का – लिलिबिली
विल्सनबिक्रम राई – रातोघर
सौगात मल्ल – संरक्षण
२७.  उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर २ – झरना थापा/सुहाना इन्टरटेन्टमेन्ट।
कान्छी – आकाश अधिकारी/काया फिल्म्स
छक्का पञ्जा २ –दिपाश्री निरौला/आमासरस्वती मुभिज्
दुइ रुपैया – अशिम शाह/जि २१/ब्ल्याक हर्ष पिक्चर्स
शत्रु गते – प्रदिप भट्टराई/महसंचार
२८. उत्कृष्ट निर्देशक
मिलन चाम्स – लिलिबिली
दिपाश्री निरौला – छक्का पञ्जा २
दिवाकर भट्टराई – ऐश्वर्य
नवल नेपाल – मंगलम
सुरेन्द्र पौडेल – कृ
२९. उत्कृष्ट चलचित्र
ऐश्वर्य – वैष्णो देवी फिल्म्स
कृ – सुवास इन्टरटेन्टमेन्ट/सुपर काजल फिल्म्स प्रा.लि.
छक्का पञ्जा २ – आमासरस्वती मुभिज्
मंगलम – छविराज प्रोडकशन
लिलीबिली – चाम्स् इन्टरटेन्टमेनट काफिया फिल्म्स

Leave a Reply

%d bloggers like this: