Sun. May 19th, 2024

काठमाडाैं ।
झन्डै १ लाख दर्शक बीच हिजो मध्य रातमा बार्सिलाेनाकाे  को घरेलु मैदान क्याम्प नाेउमा भएकाे  सिजनको अन्तिम तथा २०१८ को पहिलो क्लासिकाे अर्थात् २ प्रतिष्ठित युराेपेली फुटबल क्लब रियल मड्रिड र बार्सिलाेनाकाे खेल बराबरिमा सकिएको छ ।
अरु बर्षमा यहि क्लासिकाेले स्पेनिस ला लिगाको छिनोफानो गरेपनि यो पटक भने बार्सिलाेनाले ४ खेल अगाडि नै ला लिगाकाे उपाधि जितेपछी यो खेल रियल मड्रिड र बार्सिलाेनाक लागि प्रतिष्ठाकाे लडाइ मात्र थियो।
निकै तनावपुर्ण खेलमा  बार्सिलाेनाले २ पटक अग्रता लिएपनि त्यसलार्इ  जोगाउन नसक्दा बराबरी खेलखेल्नु परेको हाे । पहिलो हाफको अन्त्यतिर सर्जी राेबर्टाेले राताे कार्ड पाउँदा बार्सिलाेना १० खेलाडीमा सिमित भएको थियो। यो क्लासिकाे खेल  बार्सिलाेनाका कप्तान अान्द्रज इनियष्टाको अन्तिम  क्लासिकाे खेल थियो। 

यो बराबरी संगै बार्सिलाेना  पछिल्लो ४२ ला लिगा खेलमा अपराजित छ,जुन आफैमा एक इतिहास हो भने यो सिजन खेलेका ५३ ला लिगा खेलमा पनि बार्सिलाेना अपराजित छ । अब बाँकी ३ खेलपनि जितेर बार्सिलाेना अपराजित रहदै सिजन अन्त्य गर्न चाहन्छ ।

हिजोकाे खेलमा  बार्सिलाेनाको अपराजित यात्रालाइ रियालले टुङ्ग्याउन गरेकाे  धेरै प्रयास असफल रह्यो। हिजाेकाे खेलमा बार्सिलाेनाका लागि लियाेनल मेसी र लुर्इस स्वारेजले गाेल गरे भने रियलका लागि राेनाल्डाे र गेराथ बेलले १ – १ गाेल गरे ।

हिजोको गाेलसंगै  सुपरस्टार मेसीको यो सिजनकाे गाेल संख्या ४४  पुगेको छ । उनी युराेपमा सबैभन्दा बढी गाेल गर्नेमा सबैभन्दा अगाडी छन भने गाेल्डेन बुट  र पिचिचि अवार्डमा  पनि सबैभन्दा अगाडि छन।

Leave a Reply

%d bloggers like this: