Fri. May 3rd, 2024

काठमाडाैं । 
विश्कै कान्छा निर्देशककाे निर्देशनमा बनेकाे  फिल्म ‘हैरान’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ ४ गते प्रदर्शनमा आउने फिल्मको सार्वजनिक ट्रेलरमा  लिड कलाकारलार्इ समावेश गरिएकाे छ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेकाे  छ ।
डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत  सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ
फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स अनि प्रितम पाण्डेको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: