Mon. May 20th, 2024
काठमाडाैं । 
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताका लागि दुई नेपाली फिल्म दर्शकमाझ आएका छन् । खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ र ‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशत दाइजो प्रथाको कथामा निर्मित फिल्म ‘भोर’ ले अाजबाट एकसाथ प्रदर्शन आरम्भ गरेका छन् ।
हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको यो फिल्म गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षीत थियो । यसमा उनले स्पोटी व्यक्तिको भूमिका निर्वाहा गरेका छन् । उनी आफू करीब ५ वर्षपछि फरक भूमिकामा आएको बताउँछन् ।
‘डमरुको डण्डीबियो’  कथा खगेन्द्र आफैंले  लेखेका हुन् । छेतेन गुरुङ निर्देशित यस फिल्ममा अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको ‘डमरुको डण्डीबियो’ को ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।
यस्तै, मधेशकाे ठूलाे समस्याकाे चित्रण गरिएकाे फिल्म ‘भोर’ मा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेनालगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् ।

Leave a Reply

%d bloggers like this: