Sun. May 19th, 2024

काठमाडाैं  । 
कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियन कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए ।
आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाएक खस्कीएको हो । बिस्तारै डिप्रेसनको शिकार बनेका कपिलले मानसिक तनाबबाट गुज्रिएका कारण धेरै आलोचनाको साथै नयाँ ल्याएका सवै कार्यक्रमहरु एक एक गरी बन्द हुँदै गए।
आफनो म्यानेजरसमेत रहेकी पूर्व प्रेमीका प्रिती सिमोसको कारण नयाँ शो क्यान्सील भएको बताउँदै आएका उनी पूनः मिडियाबाट एकाएक गायब बने र चलिरहेको शो पनि बन्द भयो । उनी गायब बनेपछि मिडियामा विभिन्न खाले समाचारहरु बने । जसबाट आजित भएका उनले मिडियालाई गाली गर्दै ट्वीट  पनि गरे । हालै उनले एक पत्रकारलाई  आफ्नो बारेमा नचाहिने खबर छापेको , आफनो बेईज्जत गरेको भन्दै कानुनी नोटिस पठाउँदै १०० करोडको क्षतिपुर्ती माग गरेकाे समाचार बजारमा अाएकाे छ ।
यतिमात्र होईन कपिलका सबै  समाचार हटाउँनु पर्ने र सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग कपिलले गरेका छन् । उता कपिलले आफनो प्रेमीकाले २५ लाख मागेको भन्दै प्रहरीमा उजुरी पनि दिएका छन् । भनिन्छ यतिबेला कपिलले मानसिक तनावको कारण उपचार लिईरहेका छन् ।

Leave a Reply

%d bloggers like this: