Sun. May 19th, 2024

काठमाडाैं । 
बार्सिलाेनाका  पूर्व खेलाडी प्याट्रिक क्लाइभर्टले सलाह विश्व फुटबल जगतका नयाँ मेस्सी भएको प्रतिक्रिया दिएका छन् । बार्सिलोनाका लागि १ सय भन्दा बढी गोल गरेका क्लाइभर्टले ट्वीटरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।
लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा  ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् ।
गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् । तर उनको प्रदर्शन भने हेर्नलायक थियो । समग्रमा ७-६ को जित दर्ता गर्दै लिभरपुलले उपाधि भिडन्तमा रियल म्याड्रिडको सामना गर्ने पक्का गर्यो । 
उनले ट्वीटरमा उनले लेखेका छन्, ‘हामी सबैले मान्नुपर्छ कि सलाह नयाँ मेस्सी हुन् । अब उनले अहिलेको फर्मलाई प्रत्येक सिजन निरन्तरता दिनुपर्छ । उनले अहिले जे देखाईरहेका छन् त्यो नै फुटबलको सुन्दरता हो । अब हामी उनले मैदानमा के कस्तो प्रदर्शन गर्छन् हेरौं ।’

Leave a Reply

%d bloggers like this: