Fri. May 3rd, 2024

काठमाडाैं । 
फुटबलका हरेक खेलमा  रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा त रेफ्रीको भूमिका झनै बढी हुने गर्दछ  । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् ।
 
दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने टोली हार्ने र हार्ने टोली जित्ने पनि हुन सक्दछ । फुटबलमा बढी अपजस खेप्नु पर्ने रेफ्रीहरु आफ्नै भूमिकाका कारण बेला बेला विवादमा पनि पर्ने गरेका छन् । त्यसअर्थ रेफ्रीहरुको काम सहज छैन ।
यस्तो महत्वपूर्ण काम सम्हाल्ने रेफ्रीले पारिश्रमिकका रुपमा विश्व कपमा कति पाउलान भन्ने कतिपयलाई चासो हुनसक्दछ । ब्राजिलियन सञ्चारमाध्यम यूओएल इस्पोर्टेले सार्वजनिक गरेको तथ्याङक अनुसार रेफ्रीहरुलाई विभिन्न श्रेणीमा विभाजित गरिएको छ । अनुभव र प्रदर्शनका आधारमा रेफ्रीहरुको श्रेणी विभाजन गरिएको हुन्छ ।
जर्मनीका फेलिक्स ब्रिञ्च, अर्जेन्टिनाका नेस्टर पिटाना जस्ता शीर्ष श्रेणीका रेफ्रीहरुले विश्व कपमा ५७ हजार युरो सम्म पाउनेछन् । त्यसबाहेक उनीहरुले प्रति खेल २ हजार ५ सय युरो भत्ता प्राप्त गर्नेछन् । सहायक रेफ्रीहरुले २० हजार युरो र प्रति खेल १ हजार ६ सय युरो भत्ता पाउँछन् ।

Leave a Reply

%d bloggers like this: