Fri. May 3rd, 2024
काठमाडाैं । 
 अभिनेत्रि करिश्मा मानन्धर अभिनित फिल्म  ‘हिरोज्’ बैशाख २८ बाट दर्शकमाझ  आउने भएको छ । पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा रहेकाे  एक्सन, लभ, कमेडी तथा संवेदनाले भरिएकोे यो फिल्म  प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरिएकाे थियाे ।
अब भने आफ्नो फिल्म बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् । यो मितिमा सलोेन बस्नेत स्टारर फिल्म ‘लम्फू’ पनि रिलिज हुँदैछ ।
‘हिरोज्’ मा करिश्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ । एनबि महर्जन यस फिल्मका निर्देशक हुन् ।

Leave a Reply

%d bloggers like this: