काठमाडाैं ।
चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई ४-० गाेलले हराउँदै साेमबारकाे खेलमा एफए युथ कपको उपाधि चुमेकाे छ । एफए युथ कप फाइलनको दोस्रो लेगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता गर्दै चेल्सी विजयी भएकाे हाे ।
चेल्सीले अार्सनलविरूद्ध समग्रमा ७-१ को जित हाँसिल गर्दै लगातार पाँचौँ सिजन उपाधि चुमेकाे हो । फाइनलको पहिलो लेगमा चेल्सी ३-१ ले विजयी भएको थियो । दोस्रो लेगमा चेल्सीलाई जिताउन क्वालम हड्सन ओडोइले दुई गोल गरे भने बिल्ली गिल्मोउर र टिनो एन्जोरिनले एक एक गोल गरे ।
सन् २०१३ मा फाइनलमा नर्विचसँग पराजित भएयता चेल्सी पराजित भएको छैन । सन् १९५० मा म्यानचेस्टर युनाइटेडले लगातार पाँचौँ सिजन एफए युथ कपको उपाधि उचालेपछि लगातार पाँच सिजन उपाधि जित्ने चेल्सी पहिलो टिम हो ।
