Wed. May 8th, 2024

रिलिज डेट कन्फर्म नभइसकेको फिल्म ‘काले दाई’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘राइफलको सिरानी’ बोलको गीतमा सुमन बैरागीको शब्द र दीपक शर्माको संगीत रहेकाे छ ।

गीतमा ध्रुव विश्को र सहिमा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी रहेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ मा समावेश ‘काले दाई’ गीतबाट नाम सापटी लिएर बनाइएको यस फिल्मलाई शिव शर्माले निर्देशन गरेका हुन् ।
फिल्ममा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’ मा पवन गौतम र रामेश्वर कार्कीको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: