Fri. May 3rd, 2024

काठमाडाैं ।
 स्टार  फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मद्दतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको ह्याट्रिक गर्दा लुइस स्वारेजले भने गाेलका लागि पास उपलब्ध गराउनेमा श्यमट्रिक गरे ।
खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे काैटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले सुआरेजको पासलाई उत्कृष्ट भली प्रहार गर्दै गोलमा परिणत गरेका थिए । त्यसको दुई मिनेटमा लुकास पेरेजले डेपोर्टिभोको लागि गोल फर्काए ।पहिलो हाफमा २-१ ले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा भने सुरुआतमै गोल खान पुग्यो ।
दोस्रो हाफको ६४ औं मिनेटमा एम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सेल्सो बोर्जेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेस्सीले ८२ औं मिनेटमा सुआरेजसँग वन-टु पास खेल्दै गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । त्यसको तीन मिनेटपछि सुआरेजकै पासमा गोल गर्दै मेस्सीले बार्सिलोनाको जित सुनिश्चित गरे ।
मेस्सीले ह्याट्रिकसँगै जारी सिजनको लिग गोल संख्या ३२ पुर्याएका छन् । उनले युरोपमा सर्वाधिक गोल गर्ने सुचिमा मोहमद सलाहलाई १ गोलले पछाडी पारे । यससँगै ला लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने मेस्सी पहिलो खेलाडी पनि बने ।

Leave a Reply

%d bloggers like this: