Fri. May 3rd, 2024

काठमाडाैं । 
सामाजिक कथावस्तुलाई पृष्ठभुमी बनाएर फिल्म ‘डोली’ बन्ने भएको छ । शनिबारबाट यो फिल्मको छायांकन पनि सुरु  भयो । किरण नेपालीको लगानी रहने उक्त चलचित्रको छायांकन नुवाकोटबाट सुरु भएको छ भने फिल्मको छायांकन रारा ताल जुम्ला तथा काठमाण्डौमा समेत हुने निर्माण पक्षले बताएको छ ।
 
जय राम थापाको सिनेमाटोग्राफी रहने फिल्ममा किशोर खतिवडा,अर्जुन गुरुङ, हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री तथा बिरने डिसी लगायतका कलाकारको अभिनय रहनेछ । यो फिल्म  बिराङ्गना, बृन्दाबन, पाठशाला, लाटी लगायतका फिल्म निर्देशन गरिसकेका निर्देशक राज बहादुरको आफ्नै लेखन हो। ‘डोली’मा सि डि बिजय अधिकारी,राजकुमार बगर र बाबुल गिरीको संगित रहने छ भने मेलिना राई , अनुष्का पाठक,सि डि बिजय,मनिसा राई र युवराज चापगाईको स्वर रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफ रहने ‘डोली’को ३५ दिने छायांकन तालिका बनाईएको छ । निर्देशक सानेको पछिल्लो फिल्म ‘बिराङ्गना’ असार २९ मा रिलिज हुँदैछ ।
 
फिल्मी नेपालबाट साभार

Leave a Reply

%d bloggers like this: