काठमाडाैं ।
चैत्र ३० गतेबाट देशव्यापि रूपमा प्रदर्शनमा अाएकाे नेपाली चलचित्र उत्साहपूर्ण रूपमा तेस्राे हप्तामा पार्इला राखेकाे छ । प्रदर्शनकाे दिनदेखि नै व्यापक व्यापार गर्न सफल भएकाे यस फिल्म सुरूवाति गतिमै तेस्राे हप्तामा प्रवेश गरेकाे हाे ।
काफिया फिल्मस्को व्यानर , गाेविन्द शाहीकाे निर्माण तथा मिलन चाम्सकाे निर्देशनमा बनेकाे यस फिल्मका पछिल्ला दिनहरूलार्इ हेर्दा यसले फिल्मले सन्ताेषजनक व्यापार गरेकाे प्रष्ट हुन्छ । लिलि बिलिले सुरूवाति दिनमै २ कराेड भन्दा माथिकाे व्यापार गर्न सफल भएकाे थियाे भने अहिले पनि व्यापारकाे अनुपात उस्तै रहेकाे छ ।
फिल्म निर्माता गाेविद्न शाहीले लिलिबिली हिजाे पनि हाउसफुल रहेकाे जानकरी दिनुभएकाे छ ।
लिलि बिली हेर्न सर्वसाधारण तथा विशिष्ट व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेकाे छ । बधबार नेपाली सेना प्रमुख पनि लिलिबिलि हेर्न सपरिवार लभिम महल पुग्नु भएकाे थियाे । उहाँले फिल्म अत्यन्तै सुन्दर र सकारात्मक सन्देश प्रवाह गर्ने रहेकाे बताउनु भएकाे छ ।
युवा पुस्ताका पपुलर हिराे प्रदिप खड्का , नायिका जसिता गुरूङ रहेकाे फिल्म नेपाल लगायत टर्किकाे इस्तानबुलमा समेत सुटिङ गरिएकाे छ । यस फिल्ममा भएका सुन्दर स्वदेशी तथा विदेशी दृश्यका साथै उत्कृष्ट लवस्टारीले दर्शककाे मन तानिरहेकाे निर्माण पक्षले जनाएकाे छ ।