Wed. Apr 24th, 2024

काठमाडाैं । ५ बैशाख ( एजेन्सी ) –  अभिनेत्री तथा उद्यमी शिल्पा शेट्टी कुन्द्राले ‘हियर मी, लभ मी’को साथमा बतौर मेजमान डिजिटल मञ्चमा नयाँ शो सुरु गर्न गईरहेकी छन् । यो एक रियलिटी शोे हो । यो शोको उदेश्य ब्लाइण्ड डेटिङको अवधारणा फेरी पनि परिभाषित गर्नु रहेको छ ।
यसै शोको बारेमा रोमाञ्चक शिल्पाले बोल्दै भनिन्, ‘मलाई लाग्छ कि जब डेटिङको कुरा आउँछ, सबैको लागि लुक्सनै सबै कुरा हुन्छ ।’ उनले पुनः थपिन्, ‘शो (हियर मी, लभ मी) यस अवधारणाको जाँच गर्दैछु । यो असामान्य रियलिटी शो दिलबाटै डेटिङ गर्नेको वरिपरी घुम्दछ ।’ फ्रिमेन्टलले निर्माण गर्ने यो श्रृङ्खलामा देखाईएको समकालिन माया, रोमान्स र डेटिङ्को बारेमा मान्छेले के सोच्दछन् ? भन्ने प्रश्न खडा हुन्छ ।
यसै शो मार्फत अभिनेत्री तथा उद्यमी शेट्टीले डिजिटल प्लेटफर्म सुरु गर्दैछिन् । शिल्पाको यो पहिलो डिजिटल प्रोग्राम हुनेछ । शिल्पाले यो भन्दा पहिल्यै कैयौँ डान्स रियलिटी शोको जज गरिसकेकी छन् । यो शोमा पनि शिल्पाले महिला प्रतियाेगीलार्इ  सहयोग गर्नेछिन् ।
साथै यो शोमा फिमेल कन्टेस्टेन्टलाई बताउँनेछिन् की उनलाई कुन केटा सही हो । यो शोको अन्तमा सोही केटासँग निरन्तरता दिने कि नदिने भन्ने बारेमा आफै(कन्टेस्टेन्ट’ले फैसाला गर्नुपर्नेछ ।
 

Leave a Reply

%d bloggers like this: