यही चैत ३० गते रिलिजको तयाीमा रहेको नेपाली चलचित्र लिलिबिलीको जापानमा रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ।
जापानको राजधानी टोक्योस्थित नकानो जिरो हलमा भएको प्रिमियर रिलिजबाट चलचित्रले निकै राप्रो प्रतिक्रिया पाएको छ । प्रिमियर रिलिजमा चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित भएका थिए।
प्रिमियर आयोजक डेस्टिनी क्रियसन जापानका अनुसार उपस्थित दर्शकहरुले नेपाली चलचित्र यतिको राम्रो बन्नु खुसीको कुरा भएको बताएका थिए । ‘लिलिबिली चलचित्रको दर्शक प्रतिक्रिया र उपस्थित संख्याले आफूहरु निकै उत्साहित भएको आयोजकले जनाएको छ ।
चलचित्र निर्माता शाहीले जापानका दर्शक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । उनले सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिएको बताए ।
मिलन चाम्स निर्देशित लिलिबिली चलचित्रमा नायक प्रदीप, नायिका जसिता लगायत प्रियंका कार्की, अनुपबिक्रम शाही सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ।
