Wed. Oct 5th, 2022

चलचित्र लिलिबिलीका नायक प्रदीप खड्काले शनिबार २६औं जन्म दिन मनाएका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक भएको केही दिनमै परेको उनको बर्थ धुमधामसाथ शनिबार मनाइएको हो । चलचित्रको निर्माण टिमले नै उनको बर्थडे सेलिब्रेशन गरिदिएको थियो ।
बर्थडेमा निर्माण टिम, कलाकार, संचारकर्मी तथा शभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
युवा स्टार प्रदीप खड्का अभिनित लिलिबिली चलचित्रको ट्रेलरले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रमा प्रियंका कार्की नवनायिका जसिता गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् ।
चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
चलचित्रमा नायक प्रदीप र नायिका जसितासँगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यो चलचित्रको स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.