फाल्गुण १९ गते सम्पन्न ठकुरी सहयोग संजालको तेश्रो बार्षिक साधारण सभाले रेशम जंग शाहको नेतृत्वमा पुरानो कार्यसमितिमा प्रादेशिक संरचना अनुसार केहि हेरफेर गरेर नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष चयन गर्न बांकि रहेको दुई बर्षको कार्यकालको लागी उक्त कार्यसमितिमा सचिव मा मनोरञ्जन मल्ल ठकुरी र कोषाध्यक्षमा सुशिल राज हमाल चयन भएका हुन । यसैगरि सदस्यहरु मा प्रदेश नं १ बाट रिद्धिराज शाही¸प्रदेश नं २ बाट अजय मल्ल ठकुरी¸प्रदेश नं ३ बाट डा।सुदिप ठकुरी¸प्रदेश नं ५ बाट सुमिन्द्र सिंह ठकुरी¸प्रदेश नं ६ बाट प्रकाश बाबु चन्द¸प्रदेश नं ७ बाट भुपेन्द्र शाह चयन भए । प्रदेश नं ४ बाट सदस्य चयन गर्न बांकि रहेको कार्यसमितिमा महिला तर्फ बाट कृष्णा राज्यलक्ष्मी शाही र भगवती शाही चयन भए ।
सचिवको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सचिव मनोरञ्जन मल्ल ठकुरीले तिन बर्ष अगाडि स्थापना भएको ठकुरी सहयोग संजाल ले विभिन्न आरोह अवरोहहरु पार गर्दै सफलताको शिखर चढेर यहा सम्म आईपुग्दा संजाले विभिन्न सेवामुखि सामाजिक कार्यहरु गर्दै अगाडि बढिरहेको जानकारी दिए । मृगौला रोगी कौशिका ठकुरीको सफल उपचार गराएर विश्व ठकुरीहरु माझ चर्चाको चुलीमा पुगेको संजालले बैशाख १२ गतेको विनाशकारी भुकम्पमा ठकुरीहरुको मात्र नभई जातिय सदभाव कायम राख्दै भुकम्प पिडित अन्य जातिहरुको समुदायमा पनि राहत तथा उद्धारका कार्यहरु गरेको जानकारी पनि उनले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन । हंगकङ ठकुरी समाज र ठकुरी समाज दक्षिण कोरिया तथा सबै मनकारी दाताहरुको सहयोगमा काभ्रेपलाञ्चोक¸सिन्धुपाल्चोक¸भक्तपुर र ललितपुर मा संजालले ५१ वटा अस्थाई टहरा निर्माण गरेर भुकम्प पिडितहरुलाई हस्तान्तरण गरिएको र त्यसमध्ये ३८ वटा टहरा तामाङ समुदायको लागि निर्माण गरेको जानकारी पनि सचिव मल्लले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन ।
गरिव तथा जेहेन्दार ठकुरी बालबालीकाहरुको लागी भनेर ठकुरी शैक्षिक छात्रबृत्ती कोषको स्थापना गरेको संजाल ले यसै शैक्षिक शत्र बाट अन्य समुदायको लागी छात्रबृत्तीको कोटा छुट्याएर जातिय सदभावमा जोड दिएको जानकारी पनि सचिव मल्लले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन । ऐतिहासिक धरोहरहरु¸सम्पदाहरु तथा ठकुरी को भाषा¸संस्कृति तथा गर्विलो ईतिहासको जगेर्ना गर्न ठकुरी सहयोग संजाल सदैव लागिरहने जानकारी पनि उन्ले आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन । यसैगरी आ।व २०७३र७४ को लेखापरिक्षणको विबरण कोषाध्यक्ष सुशिल राज हमालले तथा अध्यक्ष रेशम जंग शाहले आफ्नो प्रतिबेदन पनि सोहि कार्यक्रममा प्रस्तुत गरेका थिए ।
