Wed. Apr 24th, 2024

चलचित्र लिलीबिलीको ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौंमा एक सार्वजनिक कार्यक्रम गरी युट्युबमार्फत् सो चलचित्रकको ट्रेलर सार्वजनिक गरिएको हो ।
युवा स्टार प्रदीप खड्का, प्रियंका कार्की नवनायिका जसिता गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् ।
चलचित्रलाई सुदिप बरालले खिचेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको निर्माता गोविन्द शाहीले जानकारी दिए । चलचित्रमा नायक प्रदीप र नायिका जसितासँगै प्रियंका कार्की, अनुप विक्रम
शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यो चलचित्रको स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको छ ।

Leave a Reply

%d bloggers like this: