Sat. Apr 20th, 2024

मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान खारेजीको माग गर्दै चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र बुझाएको छ |चलचित्र विकास बोर्डकी नवनियूक्त अध्यक्ष निकिता पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था खारेजीको माग गरेको हो। निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मापदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए ।
विकास बोर्ड अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका फिल्मलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् । संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको छ | सेन्सरसंग सम्बन्धित थुप्रै असमझदारीलाई हटाउन समेत संघले बोर्डलाई आग्रह गरेको छ । जवाफमा बोर्ड अध्यक्ष पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

यता, फागुन १ गतेबाट नै उपत्यकाका मल्टीपेलेक्स हलहरु मा SMS र INTERNET जडानको BOX OFFICE संचालनमा आउने भएको छ। सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको उपस्थिती मा बसेको चलचित्र बिकास बोर्डको बैठक यो निर्णय गरेको हो ।

अब राजधानीभित्रका मल्टिप्लेक्सका प्रत्येक शो अगाडि खुलेको BOX OFFICE बन्दहुनु अघी २ पटक Auto generated SMSमार्फत संकलन भएको रकमको जानकारी निर्माता तथा बितरकलाई सिधै आउने छ भने अन्तिमा शो को BOX OFFICE बन्दहुनु अघी दिनभरको संकलन रकमको जानकारी auto generated e-mail बाट निर्माता र बितरकलाई आउने जनाइएको छ।

Leave a Reply

%d bloggers like this: