Fri. Sep 30th, 2022

यही माघ २६ गते नै रिलिज हुन लागेको कृ फिल्मले फिल्म लिलीबिलीको सिको गर्दैै एउटा गीत स्कटल्याण्डमा सुटिङ गर्ने भएको छ ।
लिलीबिली भने आगामी वैशाखमा रिलिजको तयारीमा रहेको छ । लिलीबिली फिल्मको इट इज लभ गीत स्कटल्याण्डमा सुटिङ भएको थियो । साथै सो गीत लगातार युटुब ट्रेन्डिङमा पर्दै आएको छ ।
स्कटल्याण्डमा कृको एक रोमान्टिक गीतको छायांकन गरिने उसको निर्माण पक्षले जनाएको छ । कृको गीत सुटिङका लागि टीम विदेश उड्दा नेपाली फिल्मी बजारमा भने लिलीबिलीको सिको गरेको भन्दै विभिन्न हल्लाहरु चल्न थालेका छन् ।
शुक्रवार राती चलचित्रका निर्माता सुवास गिरी, भुवन केसी, कोरियोग्राफर विक्रम लामा, अभिनेता अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी बेलायतका लागी उडेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्ने क्रममा भुवन केसीले हामी ईङ्गल्याण्डको स्कटल्याण्ड जाँदैछौं भन्ने अभिव्यक्ति दिएपछि भने फिल्म बजारमा यसलाई हाँसी मजाक बनाइयोएको छ ।

Leave a Reply

Your email address will not be published.