Thu. Apr 25th, 2024

गत शुक्रबार रिलिज भएको नेपाली फिल्म मिस्टर झोलेले पछिल्ला दिनमा व्यापार आक्रामक रुपमा अघि बढाएको छ ।
शुक्रबार रिलिज हुँदा सामान्य व्यापार गरेको सो फिल्मले त्यसको भोलिपल्ट देशभर राम्रो कलेक्शन गर्न सफल भएको थियो । तर पछिल्ला दिनमा कलेक्शनको गति अत्यधिक बढाएको निर्माण पक्षले जनाएको छ ।
रामबाबु गुरुङद्वारा निर्देशित मिस्टर झोलेको कथा र प्रस्तुतीलाई दर्शकले निक्कै रुचाएको पाइएको छ । रोचक चरित्रहरु स्थापित गरेर बनाइएको चलचित्रले ‘माउथ पब्लिसिटी’ राम्रो पाएको छ ।
निर्देशक गुरुङको छबि फिल्ममा स्पष्ट देखिने गरी निर्माण भएको फिल्मले राम्रो कमाई गरिरहेको र हलहरुमा डिमाण्ड बढेको निर्माण पक्षले जनाएको छ । मंगलबार काठमाडौंका अधिकांश फिल्म हलहरुले सो फिल्मका लागि हल थप गरेका छन् ।
यसअघि मल्टिप्लेक्सहरुमा एउटा हलमा मात्रै लाग्दै आएको फिल्म मंगलबारदेखि २–२ वटा हलमा लाग्न सुरु गरेको छ ।
फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराललगायतका कलाकारको अभिनय रहेको छ ।
मिस्टर झोले फिल्म रामबाबुका अघिल्ला पिल्महरु कबड्डी, कबड्डी कबड्डीको जस्तै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

%d bloggers like this: