Thu. Apr 25th, 2024

यो हप्ता प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये राज्जा रानीलाई फाइदा पुगेको छ । सँगै प्रदर्शनमा आएको फिर्के हलबाट दुई दिनमै उत्रिएपछि राज्जा रानीलाई व्यवसाय गर्न सहज बनेको हो । यद्यपि राज्जा रानीलेसमेत आक्रामक व्यापार भने र्गन सकेको छैन ।
रमेश एमके पौडेलले निर्माण गरेको ‘राज्जा रानी’ फिल्मले औसत व्यापार गरेको छ । ट्रेलर हेरेरै हलमा जानेहरुबाटै भए पनि उसको ओपनिङ ठिकै भए पनि अपेक्षित भने भएन ।
प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको फिल्मले एभरेज व्यापार गरिरहेको हल संचालकहरुले बताएका छन् ।
तर प्रतिस्पर्धामा कुनै पनि नेपाली फिल्म नभएपछि भने राज्जा रानीलाई फलिफाप भएको छ । नेपाली फिल्म रुचाउने सबै दर्शकका लागि राज्जा रानी नै एकमात्र विकल्प भएपछि उसलाई सहज भएको फिल्म समिक्षकहरु बताउँछन् ।
सुलेमान शंकर ‘इकु’ ले निर्माण गरेको फिर्के फिल्मले भने व्यापार नै गर्न सकेन । उसको शनिबारको कमाई जम्माजम्मी १० लाख पनि हुन सकेन ।
इकुका यसअघिका फिल्महरुबाट पनि त्यति सन्तोषजनक व्यापार हुन नसकिरहेको सन्दर्भमा फिर्केलाई पनि दर्शकहरुले त्यति रुचाएको पाइएन ।

Leave a Reply

%d bloggers like this: