Sun. Dec 10th, 2023

बहुप्रतिक्षित नेपाली फिल्म ‘मिस्टर झोले’ रिलिजको सम्पूर्ण तयारी पुरा भएको छ । पुस २८ गते शुक्रबार रिलिजको मिति तय गरिएको फिल्म मिस्टर झोलेको ट्रेलर निक्कै मन पराइएपछि फिल्म बहुप्रतिक्षित हुन पुगेको छ ।
यो फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई छन् भने उनको साथमा बर्षा राउत, दीया पुन, अरुणा कार्की, बुद्दि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारहरु छन् ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्म यसअघिका उनका फिल्म कबड्डी र कबड्डीजस्तै बहुचर्चित हुने आशा गरिएको छ ।
टेकेन खड्काले निर्माण गरेको यो फिल्ममा ओम चन्द रौनियार, अर्जुन कार्की र मनिराम पोख्रेल सहनिर्माताका रुपमा रहेका छन् । रौनक विक्रम कँडेल यस फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको छ ।

Leave a Reply

%d bloggers like this: