अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो ।
चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।

फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।
नेपालका साथै बेलायतमा सुटिङ गरिएको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले छायांकन गरेका हुन्।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

Leave a Reply

Back To Top