Tue. Apr 23rd, 2024

‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भए पछि धेरै दर्शकहरुको प्रतिक्रियाहरुलाई मध्यनजर गर्दै फिल्म मिस्टर झोले टिमले लगतै दर्शकको खुल्दुली मेटाउन मंगलवार फिल्म ‘मिस्टर झोले’को विषयमा जानकारी दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरयो l जसमा निर्माता टेकेन खड्का कार्यकारी निर्माता रौनक बिक्रम कडेल, नायक दयाहाङ राइ तथा फिल्म वितरक गोबिन्द शाहीको उपस्थिति रहेको थियो l
नायक दयाहाङले के भने ‘मिस्टर झोले’को विषयमा :
नायक दयाहाङले ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’ नभएको बताए ।  ‘‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, ‘कबड्डी’को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस फिल्ममा प्रायः ‘कबड्डी’को नै टीम छ । त्यसैले पनि कतै ‘मिस्टर झोले’, ‘कबड्डी’को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागेपनि ‘मिस्टर झोले’को प्रस्तुती र कथा फरक छ’उनले भने ।

निर्माता द्वय टेकेन खड्का र रौनक बिक्रम कँडेलले के भने ‘मिस्टर झोले’को विषयमा :
फिल्मका निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’लाई ‘झोले’को सिक्वेल बनाउन चाहेपनि आफ्नो इच्छा अधुरै रहेको बताए । उनी भन्छन्, ‘मेरो चाहना त ‘झोले’को सिक्वेल नै निर्माण गर्ने थियो तर कथा लेख्दै गर्दा बेग्लै बन्न पुग्यो ।’ फिल्मका कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले ‘मिस्टर झोले’ पूर्ण मनोरञ्जन दिने शैलीको फिल्म बनेको दाबी गरे ।
टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुति रहेको ‘मिस्टर झोले’लाई निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।फिल्म पुष २८ गतेबाट देश भर एक्कै साथ् प्रदर्शनमा आउँदैछ ।
https://www.youtube.com/watch?v=FR31qha1las

Leave a Reply

%d bloggers like this: