Fri. Apr 19th, 2024
फिल्म ‘ह्याप्पी न्यू ईयर’को वियोगान्त गीत सार्वजनिक भएको छ । ‘मुटु’ बोलको गीतमा किरण माइकलको शब्द तथा संगीतमा सनुप पौडेलको स्वर रहेको छ । कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम गीतको भिडियोमा फिचर छन् ।
सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मलाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् ।
 फिल्म ‘ह्याप्पी न्यू ईयर’ लाई लिएर कलाकार कुशल थापा निकै आशवादी देखिएका छन् । आधा दर्जन फिल्ममा अभिनय गरिसकेका कुशलले ‘ह्याप्पी न्यू इयर’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।
यस्तै, नायिका सन्ध्याले पनि फिल्म राम्रो बनेको भन्दै यसपटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू ईयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरेकी छिन् । फिल्मको प्रचार-प्रसारलाई आक्रामक बनाउन निर्माण यूनिट पौष ४ गते स्ट्रिट कन्सर्टका लागि मोफसल जाने तयारीमा छ । यो फिल्मलाई रति थापाले निर्माण गरेकी हुन् ।फिल्म ‘ह्याप्पी न्यू ईयर’ पुष १४ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा उत्रिन लागेको छ ।
https://www.youtube.com/watch?v=NfSCJVDOhnY

Leave a Reply

%d bloggers like this: