Tue. Apr 23rd, 2024

नेपाली चलचित्र ‘कृ’ ले  नेपाली सिनेजगतमै नयाँ रेकर्ड राख्न सफल भएको छ ।  ट्रेलर केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । युट्युव रिलिजको  छोटो समयमा  लाख बढि भ्यूज पाएको कुनै पनि नेपाली फिल्ममा यो पहिलो किर्तिमान हो ।
ट्रेलर हेरिसकेपछि धेरै दर्शक तथा शुभचिन्तकहरुले स्टार अभिनेता अनमोललाई नेपाली फिल्मको एक मात्र सुपरस्टारको दर्जा दिएका छन् । यसअघि अभिनयमा कमजोर भन्दै आएकाहरुले पनि यो पटक अनमोलको काममा धेरै आशा व्यक्त गरेका छन् फिल्मलाइ ‘मस्ट अवेटेड’ लेखेका छन् । यस्तै डेब्यू गर्ल अदिती बुढाथोकीलाई पनि संभावना वान अभिनेत्रीको ट्याग दिएका छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मका सम्पादक पनि पौडेल नै हुन् । माघ २६ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल र अदितीसँगै अनुपबिक्रम शाहि, सरोज खनाल, सुदांस सिके, लक्ष्मी गिरी, रुपा राना, कामेश्वर चौरासिया लिड अभिनयमा छन् ।
चलचित्र ‘कृ’  सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा निर्माण भएको हो। गिरीले ‘कृ’ मेकिङमा कुनै कन्जुस्याइँ नगरेको भन्दा भुवनले विदेशी फिल्मसँग प्रतिस्पर्धाको लागी आफुहरु तयार भएको बताए । नेपाली सिने जगतमा स्टारडम बनाउन सफल नायक अनमोल केसीको कारण पनि चलचित्र ‘कृ’ को अहिले यति बिधि चर्चामा आएको हो ।
 

 
 

Leave a Reply

%d bloggers like this: