Fri. Mar 29th, 2024

काठमाडौं – दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनीकको उद्घाटन गरे ।
‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनीकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौदर्यका साधन र प्रबिधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले बताए ।
कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रबिधी बिस्वका अन्य प्रबिधि भन्दा स्तरिय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौदर्य सामाग्री प्रयोग गर्ने गरेको बताउदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने सुनाइन् ।
‘लेट मि इ’ चाउरियका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इ’ले थेरापीबाट सौदर्यको उपचार प्रबिधि समेत नेपाल भित्र्याएको छ ।
औषधीको सेवन गरेर, बिभिन्न औषधी लगायर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मि इ’ले इलेक्टिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्यको समाधान गर्ने दाबी कार्यक्रममा गरेको छ

Leave a Reply

%d bloggers like this: