Wed. Oct 5th, 2022

कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा संचालन भएको फिल्म पटकथा लेखन कार्यशाला आज सम्पन्न भएको छ l बलिउडमा कहलिएका लेखक अन्जुम राजावलीले उक्त लेखन कार्यशाला काठमान्डौको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा दिएका थिए ।फिल्म पटकथा लेखन कार्यशालामा नायिका निशा अधिकारी लगाएत फिल्म र साहित्य क्षेत्रसंग सम्बन्धित विभिन्न विधाका व्यक्तिहरुले सहभागी जनाएका थिए l बलिउडका व्यावसायिका तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘राजनीति’, ‘सत्याग्रह’, ‘चक्रव्यूह’, ‘आरक्षण’, ‘अपहरण’, ‘कच्चे धागे’, ‘गुलाम’, ‘द लेजेन्ड अफ भगत सिंह’, ‘पुकार’, ‘चाईना गेट’, ‘द्रोहकाल’ राजावलीले लेखेका हुन् । कार्यशालामा उनले फिल्मका विविध पक्षका विषयमा प्रशिक्षण दिएका थिए ।

भारतीय फिल्ममा २५ बर्ष देखी काम गरिरहेका अन्जुम स्क्रिप्ट लेखनसँगै भारतको दुई मुख्य ठुला फिल्म स्कुल फिल्म एण्ड टेलिभिजन इनिष्टीच्युट (एफ्टीआईआई), पुने र विस्लीङ वुड इन्टरनेशनल, मुम्बईका स्कृप्ट राईटीङ डिपार्टमेन्टका हेड टिचर पनि हुन् । उनले भारत लगायत विश्वका अधिकांश देशमा पटकथा लेखन सम्बन्धी कार्यशाला सञ्चालनगर्दै आईरहेका छन् । नेपालका लागि भने यो उनको पहिलो अवसर हो ।

कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बिगत एक वर्षदेखिको प्रयास पछि फिल्म पटकथा लेखन कार्यशाला सफलता पुर्बक आज सम्पान गर्न सकेको बताए । अन्जुम राजावलीको ‘ यो वर्कशपले नेपाली फिल्मको कथा छनौट, कथाबाचन शैली र पटकथा लेखनमा निखारता ल्याउनेमा आफु आशावादी रहेको बताए । त्यस्तै गरी कार्यक्रमको अन्तमा बोल्दै अन्जुम राजावलीले नेपाल र नेपाली एकदमै राम्रो लागेको र अवसर मिले फेरी पनि नेपाल आउने इच्छा रहेको बताए l

Leave a Reply

Your email address will not be published.