Fri. Apr 19th, 2024

निर्देशक मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म लिलिबिलीको बेलायतमा छायांकन शुरु भएको छ । बेलायतको विभिन्न शहरमा अहिले फिल्म को धमाधम छायांकन भईरहेको छ । फिल्ममा प्रियंका कार्की रहेपनि छायांकनमा उनी कतै देखिएकी छैनन् । किनकी उनी अहिले बेलायतमा छायांकन भईरहेको लिलिबिलीमा नभएर नेपालको नेपालगञ्जमा छायांकन भईरहेको कोहलपुर एक्सप्रेसमा व्यस्त छिन् ।

लिलिबिलीको छायांकनमा प्रियंका नहुँदा प्रदिपलाई अझ सहज भएको छ । प्रदिपले अहिले नव नायिका जसीता गुरुङसँग लभ सिक्वेन्स सिनहरुको सट दिईरहेका छन् । नव नायिका जसीतासँग प्रदिपको प्रेम झल्कने केही तस्वीरहरु सार्वजनि भएको छ । फिल्मको सबै जानकारी गराउँदै निर्माता तथा वितरक गोविन्द शाहीले केही दिन पछि प्रियंकाको पनि छायांकन शुरु हुने बताएका छन् । उता निर्देशक मिलन चाम्सका अनुसार प्रियंका फिल्ममा आमाको भुमिकामा नभई नायिकाकै रुपमा प्रस्तुत हुने बताएका छन् ।

फिल्ममा प्रदिप र प्रियंका सँगै नव नायिका जसीता गुरुङको मूख्य भुमिका रहेको छ । अहिले सम्म फिल्मको छायांकन ३५ प्रतिशत सकिएको निर्माण पक्षले जानकारी गराईएको छ । लिलिबिली नयाँ बर्षको बैशाख १४ गते अर्थात केकी अधिकारीको कोहलपुर एक्सप्रेससँगै प्रदर्शन हुने निर्माण टिमबाट बुझिएको छ ।


 

Leave a Reply

%d bloggers like this: