Sat. Apr 20th, 2024

फिल्म निर्माता तथा कलाकार दिपक कुमार शाहीले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेद्वारी  दिएका छन् l चलचित्र “आभाष ” र “पराइ ” जस्ता फिल्म निर्माण गरिसकेका शाही राप्रपा तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका दैलेख क्षेत्र १. का साझाँ उम्मेदवारी हुन् l आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा दैलेखबाट लोकतान्त्रिक गठबन्धनका साझाँ उम्मेदवार दिपक कुमार शाहीले दैलेखको बिकास र दैलेखी जनताको सपना पुरा गर्ने आफुले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएको बताए ।
२२ बर्ष देखि एभरेष्ट क्लव मार्फत समाजसेवामा बिताएका शाहिले दैलेखी जनताको सुख दुखमा साथ दिन निर्वाचनमा होमीएको बताए । सामाजिक संस्था मार्फत समाजसेवा गदै आए पनि यसमा राजनीति पनि आवश्यक भएको र निती निर्माण तहमा दैलेखी जनताका गुनासोहरुलाई सामाजिक संस्थाले मात्रै केन्द्रमा पु¥याउन नसकेकाले प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताए ।
आफुले समाजसेवा गर्ने क्रममा दैलेखका सबै गाउँपलिका र नगरपालिकाको यथार्थ बस्तु स्थिति नजिकबाट नियाल्न पाएको छु, यहाँका जनताको घर दैलोमा पुगेको छु जनताकोे समस्यालाई राम्रोसंग बुझेको छु उनले भने,‘ कुन ठाउँमा के को आवश्यक छ त्यस ठाउँको कसरी बिकाश गर्न सकिन्छ त्यहाँको प्राकृतिक स्रोत र साधनलाई अधिकतम प्रयोग गरी सम्बन्धित ठाउँमा नै रोजगारको सिर्जना गर्न सक्ने थुप्रै आधारहरु मैले देखेको छु ।,‘ दैलेख थुप्रै धार्मिकस्थल तथा पर्यटकीय स्थलहरुको सम्भावना भएको जिल्ला हो । यो बिषयमा यहाँका जनता जानकार हुनुहुन्छ् । यहाँ केवल त्यसको बिस्तृत योजना नभएका मानिसहरुलाई हामीले जिताएर पठाएको कारणले गर्दा आजसम्म दैलेख को समुनत बिकाश हुन सकेको छैन । अव यसको अन्त्य जरुरी छ, उनले भने ।,
शाहीले समाजसेवी भएर काम गरिरहदाँ आफ्नो प्रयासले केही सम्भव नदेखिएका बिषयहरु नीति निर्माण तथा राज्य संचालन गर्ने ब्यक्तिबाट केही हुन्छकी भन्ने आसा गरको थए त्ये नै पाईएन उनले भने,
अब उहाँहरुको सोच विचारबाट त्यो सम्भव देखिदैन त्यसैले दैलेखीले सोचेको दैलेख बनाउँन म संग सोच विचार अनि गर्न सक्ने थुप्रै आधारहरु छन । दैलेखी जनताको जिबनस्तर जिबनशैली माथि उकास्न तथा समग्र दैलेखी जनताको पक्षमा आवाज बुलन्द बनाउँनका लागि नै यो निर्वाचनमा जनताको पक्षमा काम गर्नेका लागि जनता समक्ष आएको उनले भने ।,
शाही लामो समयदेखि सामाजिक संघ –संस्थाको नेतृत्व गर्दै आएका ब्यक्ति हुन् । उनले नेपाल मजदुर किसान पार्टीको बिद्यार्थी फाँटबाट राजनीतिक करिअरको सुरुवात गरेका थिए । पछि उनले नकपा एमालेको मुलधारको राजनीति गरे गत बैसाखमा सम्पन्न एतिहासिक स्थानीय तहको निर्वाचनमा पाटीले गलत ब्यक्तिलाई टिकट दिए पछि उनले औपचारिक रुपमा एमाले परित्याग गरेका थिए । केही समय पछि उनले राप्रपा नेपालको राजनीतिमा प्रवेस गरे,उनी हाल राप्रपा नेपालको केन्द्रिय सदस्यको रुपमा पार्टीमा क्रियाशिल रहेका छन् ।
उनलाई पार्टीले धेरै नै बिश्वास गरेको छ । युवाको जिम्मेवारी यिनैको काधमा रहेको छ । उनले पाँच बर्षमा दैलेखलाई बेरोजगार मुक्त बनाउँने योजना समेत बनाएका छन् । दैलेखमा कृषिको राम्रो सम्भावना रहेको छ । आधुनिक कृषि परियोजनाहरुलाई दैलेखका जनता सम्म पु¥याँउन सक्ने सम्भावना उनले अघि सरेका छन्
दैलेखी जनताले मात्रै होईन उनलाई छिमेकी जिल्लाका जनताहरुले समेत साथ दिएका छन । शाहीको नेतृत्वमा रहेको एभरेष्ट क्लवले सुदुरपश्चिमका पाँच जिल्लाहरुमा सरकारले भन्दा बढी काम गरेको छ । सरकार उपस्थिति हुन नसकेको स्थानमा एभरेष्ट क्लव पुगेको छ । सरकारले गर्न नसकेको काम यो क्लव मार्फत शाहीले गरेका छन । त्यसैले नै शाहीको उम्मेदवारीले दैलेखी जनता धेरै नै खुशी भएका छन् । देलेखमा ढंगामाटोले समेत शाहीको बयान गर्छन् एक दैलेखी राप्रपा कार्यकर्ताले बताए । उनी राप्रपा तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका दैलेख क्षेत्र १. का साझाँ उम्मेदवारी हुन् उनले अहिले चुनावी अभियान तिब्र पारेका छन् । उनले चुनावी सभामा अन्य पार्टीबाट आफ्नो पार्टीमा कार्यकर्ताहरु भित्र्याउने काम गरिरेहाका छन् । पार्टीमा अन्य पार्टीका कार्यकर्ता प्रवेसबाट हौसिएका शाही निर्वाचन जित्नेमा ढुक्क भएका छन् ।
शाहीकाे घाेषणा यस्ताे छ ।


 

 

Leave a Reply

%d bloggers like this: