Sun. Feb 23rd, 2025

फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरे लगतै टिकेट विहिबार नै सकिने सम्भावना रहेको छ l आक्रामक रुपमा बुकिंग भैरहेको हल व्यवस्थापन प्रबन्धकले जनाएका छन् ।भोलिबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवारबाटै बुकिङ ओपन गरिएको हो ।आइतबार पनि सार्बजनिक बिदा परेको हुनाले यो  रिलिजको पहिलो हप्ता फिल्मले सुखद व्यापार गर्ने छ l त्यस्तै गरि चाडपर्वको बिदाले पनि फिल्मलाई ५१ दिन पार गर्नलाई सहज पुर्याउने देखिएको छ l

 फिल्मलाई क्युएफएक्स सिनेमाले  १६ शो दिएको छ । काठमाडौंभित्र फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले  भने, ‘‘ए मेरो हजुर २’ काठमाडौं, भत्तपुर, ललितपुरदेखि बनेपासम्मका सबै हलहरुमा प्रदर्शन हुँदैछ ।  मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको छ । फिल्मले विग मुभिजमा ७ शो, एफक्यूवमा ८ शो, विएसआरमा ७ शो, क्यूजमा ५ शो र सिटिसीमा ६ शो पाएको छ ।’ उनका अनुसार, बुकिङ आक्रामक भएको खण्डमा फिल्मको शोमा फेरि थपिने छ । फिल्म एकदमै उत्कृष्ट भएको कारण हल संचालकहरुले पनि चासो देखाएको बुझ्न सकिन्छ भने  फिल्म यो मेरो हजुर २ यो शुक्रबार सोलो रिलिज हुन लागेको छ l

Leave a Reply